ad ad

खेल


नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

नेपालखबर
फागुन ७, २०७८ शनिबार ६:३१, काठमाडौँ

प्रधानमन्त्री शेरबाहदुर देउवाले आईसीसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन्। 

ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले शुक्रबार सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन्। 

ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएकाे हाे।

यस जितसँगै नेपालको सेमिफाइनमा खेल्ने सम्भावना बलियो बनेको छ । सोही प्रतियोगिताअन्तर्गत नेपालले शनिबार फिलिपिन्ससँग खेल्नेछ।

विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन्। जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (यूएई) छन्।

ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ। समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन्।

प्रतियोगिता फाइनल पुग्ने दुई शीर्ष टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुने ‘टी- २०’ विश्वकपमा स्थान बनाउने छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .