खेल


इन्टर मिलानको घरेलु मैदानमा लिभरपुलको जित

इन्टर मिलानको घरेलु मैदानमा लिभरपुलको जित

नेपालखबर
फागुन ५, २०७८ बिहिबार ६:५०, काठमाडौँ

च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगमा लिभरपुलले २–० को जित हात पारेको छ।

बुधबार इन्टर मिलानको घरेलु मैदानमा भएको खेलको अन्तिम समयमा भएको दुई गोलको सहयोगमा लिभरपुलले जित हात पारेको हो। 

लिभरपुललाई महत्वपूर्ण जित दिलाउने क्रममा खेलको ७५ औं मिनेटमा रोबर्ट फर्मिन्होले गोल गरेका थिए।

८३ औं मिनेटमा मोहम्मद सलाहले अर्को गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए। 

खेलमा थप गोल हुन सकेन र लिभरपुल २–० ले विजयी भएको हो। यससँगै लिभरपुलले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो पारेको हो। 

लिभरपुल र इन्टर मिलानबीचको अन्तिम १६ को दोस्रो लेग मार्च ९ मा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad