ad ad

खेल


आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, भुर्तेलसहित तीन खेलाडी परिवर्तन

आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, भुर्तेलसहित तीन खेलाडी परिवर्तन

नेपालखबर
फागुन २, २०७८ सोमबार १५:३५, काठमाडौँ

चार देशीय क्रिकेट शृंखला अन्तर्गतको अन्तिम खेलमा नेपालले टेस्ट राष्ट्र आयरल्याण्डसँग टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। 

ओमानको अल अमिरात मैदानमा केहीबेरमा सुरु हुने खेलमा नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ।

यसअघि यूएईविरुद्धको खेलमा रहेका आरिफ सेख, विवेक यादब र सहाब आलामको स्थानमा कुशल भुर्तेल, कुशल मल्ल र अविनाश बोहराले टोलीमा स्थान बनाएका छन्। 

नेपालको सुरुवाती–११ मा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, लोकेश बम, जितेद्र मुखिया, कमलसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र अविनाश बोहरा छन।

ओपनर कुशल भुर्तेल चोटका कारण यसअघि दुई खेलमा थिएनन। उनले आसिफ सेखसँगै ओपनिङको जिम्मेवारी सम्हाल्नेछन्। 

शृंखलाको पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा भने नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो।

नेपालले टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि यो शृंखला खेलेको हो। ग्लोबल छनोटका खेलहरु फागुन ६ गतेबाट सुरु हुनेछन्। पहिलो खेलमा सोहीदिन नेपालले आयोजक ओमानको सामना गर्नेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .