ad ad

राजनीति


कर्मचारी युनियनको महाधिवेशन फागुन २१ देखि २३ सम्म

कर्मचारी युनियनको महाधिवेशन फागुन २१ देखि २३ सम्म

नेपालखबर
फागुन २, २०७८ सोमबार १५:३४, काठमाडौँ

नेपाली कांग्रेस निकट निजामती कर्मचारीको छाता संगठन नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशन यही फागुन २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ।

युनियनको भर्खरै सम्पन्न बैठकले महाधिवेशन काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको हो। युनियनले यसअघि गत माघ ८ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना संक्रमणका कारण उक्त महाधिवेशन स्थगित भएको थियो।

युनियनको वर्तमान कार्यसमितिको म्याद चैतसम्म मात्र भएकाले स्वास्थ्यमापदण्ड अपनाएर फागुनभित्रै महाधिवेशन सम्पन्न गर्न लागिएको युनियनका उपमहासचिव दुर्गाप्रसाद फुँयालले जानकारी दिए।

उपमहासचिव फुँयालले माघमा नै महाधिवेशन सम्पन्न गर्ने यसअघिको बैठकअनुसार काम अगाडि बढाइएकाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .