ओमानमा आजबाट सुरु भएको चार देशीय टी–२० क्रिकेट शृंखलामा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
नेपाली टोलीबाट दुई खेलाडीले डेब्यू गरेका छन। अलराउण्डर विवेक यादव र स्पिनर सागर ढकालले डेब्यू गरेका हुन।
घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएपछि आक्रामक विवेक यादवलाई यसपल्ट प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा बोलाएका थिए।
सुरुमा नरहेपनि सागर ढकाललाई बन्द प्रशिक्षणको बीचमा बोलाउँदै प्रशिक्षक दासानायकेले ओमान भ्रमणमा लगेका हुन।
दुबै खेलाडीले यसअघि यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन।
सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोलीले पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। योसँगै सन्दीप नेपाली टोली सम्हाल्ने ११औं कप्तान बनेका छन।
नेपालको सुरुवाती–११ मा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, प्रदीप ऐरी र आरिफ सेख छन्।
Shares
प्रतिक्रिया