ad ad

खेल


विश्वकप छनोट खेल्न राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गर्दै

विश्वकप छनोट खेल्न राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गर्दै

फाइल तस्बिर


नेपालखबर
माघ २५, २०७८ मंगलबार १३:५१, काठमाडौँ

टी–२० विश्वकप छनोट तथा चारदेशीय टी–२० श्रृङ्खला खेल्न नेपाली क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गर्दै छ।  

मंगलबार एक भर्चुअल कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसहित नेपाल क्रिकेट संघ (क्यान)का अधिकारीहरुले उनीहरुलाई बिदाइ गरेका हुन्। 

मंगलबार बेलुका १७ सदस्यीय क्रिकेट खेलाडी र ५ सदस्यीय व्यवस्थापकसहितको टोली ओमान प्रस्थान गर्न लागेको हो।

आगामी शुक्रबार नेपालले चार देशीय श्रृङ्खला अन्तर्गत  ओमानको सामना गर्नेछ।

त्यस्तै शनिबार ओमान तथा सोमबार आयरल्याण्डको प्रतिस्पर्धा गर्नेछ। यो श्रृङ्खलालाई विश्वकप छनोटको लागि तयारी खेलको रुपमा हेरिएको छ। 

विश्वकप छनोटको खेल भने अर्को साताको शुक्रबारदेखि सुरु हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .