ad ad

खेल


बेलायती टेनिस खेलाडीलाई घरमै पुगेर ‘लभ–लेटर’ छोड्ने नेपाली दोषी

बेलायती टेनिस खेलाडीलाई घरमै पुगेर ‘लभ–लेटर’ छोड्ने नेपाली दोषी

बेलायती टेनिस खेलाडी। तस्बिर: Getty Image/BBC


नेपालखबर
माघ १६, २०७८ आइतबार १३:३७, काठमाडौँ

बेलायती टेनिस खेलाडी एम्मा राडुकानुलाई पछ्याएको भन्दै नेपाली मूलका एक जना बेलायतमा दोषी पाइएका छन्। 

एडग्वारेका अमृत मगरलाई ब्रोमले म्याजिस्ट्रेट्स कोर्टले शुक्रबार दोषी ठहर गरेको हो। मगर अमेजनका पूर्वकर्मचारी हुन्। 

१९ वर्षीया खेलाडीको दक्षिण लण्डनमा रहेको घरको सीसीटीभी क्यामेरा फुटेजमा मगर देखिएका थिए। जहाँ उनी परिवारसँगै बस्छिन्। त्यहाँ पुगेर मगरले नोट र कार्डहरु छाडेको देखिएको छ। 

योसँगै राडाकानुले अदालतलाई अब आफू एक्लै बाहिर निस्किन डराइरहेको पत्र बुझाएकी छिन्। 

‘यो सबै भएयता म निकै डराएको छु’, उनले प्रहरीलाई भनेकी छिन्, ‘किनभने यसले मेरो स्वतन्त्रता खोसिएको महशुस गरेकी छु। म निकै चिन्तित छु।’ 

सीसीटीभी फुटेजमा कैद भएका मगर। 

गत वर्ष डिसेम्बरमा मगर धेरैपटक उनको घरसम्म पुगेको पाइएको छ। 

मगरले एउटा हातैले खिचेको नक्सा पनि छोडेका थिए। जहाँ आफू २३ माइल हिँडेर उनलाई भेट्न आएको उल्लेख गरेका थिए। 

उनले छोडेको पत्रमा ‘यू डिजर्भ लभ’ लेखिएको थियो। 

राडुकानु अमेरिकी ओपन च्याम्पियनमा राज गरिरहेकी छिन्। डिसेम्बरमा उनलाई बीबीसीले बीबीसी स्पोर्ट पर्सनालिटी अफ द इयर सम्मान दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .