ad ad

खेल


खेलाडीले हृदयबाटै खेलेकाले जित सम्भव भयो : अलमुताइरी

खेलाडीले हृदयबाटै खेलेकाले जित सम्भव भयो : अलमुताइरी

खेलअघि नेपाली प्रशिक्षसँग मौरिससका प्रशिक्षक। तस्बिर : विजय सिंह/नेपालखबर


नेपालखबर
माघ १५, २०७८ शनिबार २०:३३, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीहरुले सतप्रतशित दिएको बताएका छन्। 

मौरिससलाई १-० गोलले पराजित गर्न सफल भएपछि उनले हृदयबाटै खेलेकाले यो नतिजा सम्भव भएको पनि बताए।

शनिबार दशरथ रंगशालामा विमल घर्ती मगरको गोलमा मौरिससलाई १-० गोल अन्तरले पराजित गर्न सफल भएपछि उनले बलियो टिमसँग पनि नेपाली खेलाडीले हृदयबाटै खेलेको उल्लेख गरे। 

'हाम्रा खेलाडीले हृदयदेखि खले। उनीहरुले केही विशेष देखाएका थिए। शारीरिक रुपमा बलियो टिमसँग खेलेका थियौँ', उनले भने, 'एसिया कपलाई राम्रो तयारी गरेका छौँ। मौरिसस पनि एसिया कप छनोटमा खेलेका टिम जतिकै बलियो हो।  तर हामीले नतिजा निकाल्न सफल भयौँ।'

अलमुताइरीले कोरोना संकटको प्रवाह नगरी दशरथ रंगशाला पुगेका समर्थकलाई पनि धन्यवाद दिए। 'मलाई नेपाली फ्यानले धेरै दिनु भएको छ। जुन कुरा कसैले मलाई दिएका थिएनन्। समर्थकसँग नतमस्तक छु म,' उनले थपे। 

पराजित मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले छोटो तयारीमा पनि राम्रो प्रदर्शन गरेर हार्नुपरेको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .