ad ad

खेल


विमलको गोलमा मौरिससविरुद्ध नेपाल विजयी (तस्बिरहरु)

विमलको गोलमा मौरिससविरुद्ध नेपाल विजयी (तस्बिरहरु)

मौरिससविरुद्ध बल अघि बढाउँदै नेपाली खेलाडी। तस्बिर : विजय सिंह/नेपालखबर


विजय सिंह
माघ १५, २०७८ शनिबार १८:५१, काठमाडौँ

नेपालले अफ्रिकी मुलुक मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा जित दर्ता गराएको छ।

घरेलु मैदानमा भएको खेलमा नेपालले विमल घर्ती मगरको गोलमा जित दर्ता गराएको हो। 

नेपालका लागि चर्चित स्ट्राइकर विमलले नेपाललाई जित दिलाउने क्रममा खेलको ५५ औँ मिनेटमा निर्णायक गोल गरेका हुन्। 

अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्र बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा ठोकिएर जाली चुमेको हो।

मौरिससका डिफेन्डरबीच तालमेल नमिल्दा अन्जन विष्टले बल खोस्दै दिएको पासमा विमलले गोल गरेका थिए।

पहिलो पटक अफ्रिकी टोलीसँग अन्तर्राष्टिय मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले साफ च्याम्पियनसिपपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय म्याच खेलेको हो।
दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल मंगलबार हुनेछ।

अफ्रिकी देश मौरिसस नेपालभन्दा तुलनात्मक रुपमा कमजोर थियो। तर उसका खेलाडी शारीरिक रुपमा बलिया भए पनि नेपालले प्राविधिक रुपमा राम्रो खेल देखाउँदै जित निकालेको हो। 

एक वर्ष लामो इन्जुरीपछि पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेर आफूलाई एक पटक फेरि अब्बल प्रमाणित गरेका छन्।

विमलले यससँगै देशका लागि नवौँ गोल पनि गरेका छन्। नेपालले अब मौरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल यही मंगलबार खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .