ad ad

खेल


आहा रारा फाइनल : पहिलो हाफमा मनाङविरुद्ध एपीएफ १–० ले अगाडि

आहा रारा फाइनल : पहिलो हाफमा मनाङविरुद्ध एपीएफ १–० ले अगाडि

नेपालखबर
माघ १५, २०७८ शनिबार १५:३७, काठमाडौँ

पोखरा रंगशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा मनाङ मछिन्द्र क्लबविरुद्ध एपीएफ क्लबले अग्रता बनाएको छ।

२०औँ संस्करणअन्तर्गत भइरहेकाे फाइनल खेलको पहिलो हाफमा एपीएफ मनाङविरुद्ध १–० ले अगाडि भएकाे हाे। 

खेलको २०औँ  मिनेटमा युवराज खड्काको गोलमा एपीएफले सुरुवाती अग्रता बनाएको हो। 

खेलको तेस्रो मिनेटमा मनाङका राजेश परियारको प्रहार एपीएफका गोलरक्षक कुरियामा युजाले बचाए। 

खेलको सुरुवातबाट नै आक्रमक रुपमा प्रस्तुत भएको एपीएफले पाँचौँ मिनेटमा कप्तान नवीन लामाको फ्रिकिक युवराज खड्काको हेडर पहिलो बारको नजिकैबाट बाहिरियो। 

२५औँ मिनेटमा अर्मान्ड विडोउमको हेडर पोस्टको माथिबाट बाहिरियो। ३४औँ मिनेटमा मनाङका राजेशकै फ्रिकिक पोस्टको माथिबाट बाहिरिँदा बराबरीको मौका चुकायो। 

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई ३–१ ले हराउँदै नेपाल एपीएफ फुटबल क्लब १४ वर्षपछि आहाराराको उपाधि नजिक पुगेको हो। 

बिहीबार भएको दोस्रो सेमिफाइनलमा मनाङले त्रिभुवन आर्मी फुटबल क्लबलाई ट्राइब्रेकरमा ४–३ ले हराउँदै उपाधि नजिक पुगेको हो।

प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .