ad ad

खेल


अष्ट्रेलियन ओपनको फाइनलमा नाडाल र मेडभेडेभ

अष्ट्रेलियन ओपनको फाइनलमा नाडाल र मेडभेडेभ

नेपालखबर
माघ १५, २०७८ शनिबार ६:३७, काठमाडौँ

राफेल नाडाल र डानिल मेडभेडेभ अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा पुगेका छन्। 

नाडाल २१ औं ग्राण्ड स्लामको उपाधि नजिक पुगेका हुन्। उनले सेमिफाइनलमा इटालीका माटेआचे बेरेटिनीलाई पराजित गरेका थिए।

नाडालले अहिलेसम्म २० ग्राण्ड स्लाम उपाधि जितेका छन्। नोभाक जोकोभिच र रोजर फेडेररले पनि समान उपाधि जितेका छन्। 

त्यस्तै रुसका डानिल मेडभेडेभले ग्रीसका स्टेफानोस सिट्सिपासलाई हराउँदै फाइनलको यात्रा तय गरेका हुन्। 

नाडालले एकपटक मात्र अष्ट्रेलियन ओपनको उपाधि जितेका छन्। उनले सन् २००९ को अष्ट्रेलियन ओपनको उपाधि जितेका थिए।

उनी २९ औं पटक ग्राण्ड स्लामको फाइनलमा पुगेका हुन्। 

मेडभेडेभले पनि गत सेप्टेम्बरमा यूएस ओपनको उपाधि जितेका थिए। गत वर्ष पनि मेडभेडेभ अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका थिए।

फाइनलमा उनी जोकोभिचसँग पराजित भएका थिए। यद्यपि यसपटक जोकोभिचले अष्ट्रेलियन ओपन खेल्न पाएनन्।

खोप नलगाएको कारण उनलाई अष्ट्रेलियाले आफ्नै देश फिर्ता पठाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .