ad ad

खेल


मौरिसससँगको मैत्रीपूर्ण खेलका लागि थप दुई खेलाडी प्रशिक्षणमा

मौरिसससँगको मैत्रीपूर्ण खेलका लागि थप दुई खेलाडी प्रशिक्षणमा

नेपालखबर
पुस २५, २०७८ आइतबार २१:४९, काठमाडौँ

मौरिसससँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले २ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन्। 

मुख्य प्रशिक्षक अलमुताईरीले ए डिभिजन लिग खेलिरहेका त्रिभुवन आर्मी फुटबल क्लबका जगजित श्रेष्ठ च्यासल युथ क्लबका आशिष राईलाई प्रारम्भिक टोलीमा बोलाएका हुन्। 

यसअघि टोलीमा बोलाएका आर्मीका सन्तोष तामाङ भने बाहिरिएका छन्। चोटका कारण तामाङ टोली बाहिर रहेका हुन्। 

अलमुताईरीले यसअघि ए डिभिजन लिग खेलिरहेकाबाट ७ नयाँ अनुहार थप्दै ३४ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका थिए। 

नेपालले आगामी जनवरी २९ र फेब्रुअरी १ मा मौरिससँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ।

प्रारम्भिक चरणमा परेका खेलाडी 
विशाल श्रेष्ठ (मछिन्द्र क्लब), दिप कार्की (हिमालयन शेर्पा), किरण कुमार लिम्बु (माजिया), शत्रुधन चौधरी (नेपाल पुलिस क्लब) टिकेन्द्र थापा (जावलाखेल युथ क्लब), आशिष लामा (एपीएफ), आयुष घलान (थ्रीस्टार क्लब), आकाश बुढा मगर (सातदोबाटो युथ क्लब), अनन्त तामाङ (थ्रीस्टार क्लब), अन्जन विष्ट (मनाङ मर्स्याङ्दी क्लब), एरिक विष्ट (न्युरोड टिम), विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), विशाल राई (मछिन्द्र फुटबल क्लब), दर्शन गुरुङ (न्युरोड टिम), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), दिनेश हेम्जन (त्रिभुवन आर्मी फुटबल क्लब), दिनेश राजवंशी (मनाङ मस्र्याङदी क्लब), गौतम श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), कमल थापा (हिमालयन शेर्पा क्लब), कृतिश रत्न छुन्जु (न्युरोड टिम), मनिष डाँगी (मछिन्द्र फुटबल क्लब), नविन गुरुङ (न्युरोड टिम), नितिन थापा (मनाङ मर्स्याङ्दी क्लब), पुजन उपरकोटी (मनाङ मर्स्याङ्दी क्लब), जगजित श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), सुवास गुरुङ (संकटा क्लब), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), सुजल श्रेष्ठ (मछिन्द्र फुटबल क्लब), सुमन अर्याल (त्रिभुवन आर्मी फुटबल क्लब), सुमन लामा (नेपाल पुलिस क्लब), सुनिल बल (मछिन्द्र फुटबल क्लब), सुरज ज्यु ठकुरी (जावलाखेल युथ क्लब), सुशिल राई (सातदोबाटो युथ क्लब), तेज तामाङ (नेपाल पुलिस क्लब) आशिष राई (च्यासल युथ क्लब)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .