ad ad

खेल


खुल्ला हाफ म्याराथनमा सेनाका खेलाडीलाई दुई स्वर्णसहित चार पदक

खुल्ला हाफ म्याराथनमा सेनाका खेलाडीलाई दुई स्वर्णसहित चार पदक

नेपालखबर
पुस २५, २०७८ आइतबार २०:३४, काठमाडौँ

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालन भएको ‘खुल्ला हाफ म्याराथन प्रतियोगिता–२०७८’ मा नेपाली सेनाका खेलाडीले दुई स्वर्णसहित चार वटा पदक जित्न सफल भएका छन्।

सेनाकाे त्रिभुवन आर्मी क्लबका एथलेटिक्स खेलाडीहरूले स्वर्ण पदक–२, रजत पदक–१ र कास्य पदक–१ गरी जम्मा ४ पदक प्राप्त गर्न सफल भएका हुन्।

प्रतियोगितामा महिलातर्फ नेपाली सेनाकी विश्वरुपा बुढा प्रथम भइन् भने पुरुषतर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भए। 

त्यसैगरी नेपाली सेनाका श्रीकाश राई र नवराज साउद पुरुषतर्फ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको नेपाली सेनाले जनाएको छ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिले सो प्रतियोगिता आयोजनामा गरेको हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .