ad ad

खेल


हिमालयन बैंक गल्फ प्रतियोगिताको उपाधि एआईजी पाललाई

हिमालयन बैंक गल्फ प्रतियोगिताको उपाधि एआईजी पाललाई

नेपालखबर
पुस २५, २०७८ आइतबार १९:५९, काठमाडौँ

हिमालयन बैंक लि. गल्फ प्रतियोगिताको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि बहादुर पालले जितेका छन्।

रोयल नेपाल गल्फ कोर्स, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालन भएको उक्त प्रतियोगितामा ४० अंकका साथ एआईजी पाल प्रथम भई ट्रफी जित्न सफल भएका हुन्।

यस्तै, ३७ अंकका साथ मेजर जनरल बिजय मोक्तानले दोश्रो पुरस्कार हात पार्न सफल भए।

यसै गरी महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भएकी छन् भने सिनियर तर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले ३४ अंक सहित जित्न सफल भएका छन्।

विभिन्न विधामा सम्पन्न भएको उक्त प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जित्न सफल भए।

यसरी नै पुरुष जुनियर तर्फबाट टासी शेर्पाले २५ अंकका साथ विजयी हुन सफल हुँदा महिला जुनियरको उपाधि अन्भद्या मल्लले १८ अंकका साथ जित्न सफल भइन्।

यसै गरी जुनियर लंगेष्ट ड्राइभको उपाधि जयविर आर्चायले जित्दा जुनियर क्लोजेष्ट टु द पीन इदान्त सिंह साउडले जिते।

बैंकले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता थियो।

पुरस्कार वितरण समारोहमा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक विजय बहादुर श्रेष्ठले बैंकले विगत देखि नै देशमा गल्फ लगायत अन्य खेलकुदको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको र भविष्यमा पनि गरिरहने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .