कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा आईतबार एक खेल हुदैँछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा आज थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन्। खेल साँझ पौनै ५ बजे सुरु हुनेछ।
अंक तालिकाको पाँचौँ र छैटौँ स्थानमा रहेका दुई टोली अंक तालिका सुधारका लागि खेल्दैछन्।
आइतवारको खेलमा थ्रीस्टारलाई पराजित गरे शेर्पाले तालिकामा ३ अंक थप्दै यथास्थानमा रहनेछ।
उता शेर्पालाई हराएमा थ्रीस्टारले भने एक स्थान सुधार गर्नेछ। बराबरीको नतिजामा दुवै टोलीले एक अंक थप्दा अंक तालिकामा भने कुनै परिवर्तन भने हुने छैन।
36
Shares
प्रतिक्रिया