ad ad

खेल


फिलिपे कोउटिन्हो इङ्लिस क्लब एस्टन भिल्लामा आवद्ध

फिलिपे कोउटिन्हो इङ्लिस क्लब एस्टन भिल्लामा आवद्ध

नेपालखबर
पुस २३, २०७८ शुक्रबार १७:२२, काठमाडौँ

ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो इङ्ग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लामा आवद्ध भएका छन्। 

जनवरी ट्रान्फर विन्डोअन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले कोउटिन्होलाई लोनमा यस सिजनको अन्तिमसम्म इङ्लिस क्लब एस्टन भिल्लामा पठाएको हो।

म्यानचेस्टर सिटीबाट फेर्रान टोरेसलाई आवद्ध गरेसँगै बार्साले कोउटिन्होलाई इङ्लिस क्लबमा पठाएको हो। 

स्टेफन जेरार्डले एस्टन भिल्ला सम्हालेपछि क्लबको प्रदर्शनलाई सुधार्ने कोसिस गरिरहेका छन्। त्यहीक्रममा उनले अनुभवी कोउटिन्होलाई लोनमा अनुबन्ध गरेका हुन्। 

यसअघि कोउटिन्हो चर्चित इङ्लिस क्लब लिभरपुलमा थिए। उनी सन् २०१८ मा लिभरपुलबाट बार्सा गएका थिए।

लिभरपुलमा उत्कृष्ट लयमा रहेका उनी बार्सा गएसँगै फिका सावित भएका थिए। पटक पटक चोटग्रस्त उनले बार्समा जादु देखाउन नसक्दा यसअघि पनि लोनमै जर्मन क्लब बायर्नमा गएर खेलेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .