ad ad

खेल


भारतविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिका ७ विकेटले विजयी

भारतविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिका ७ विकेटले विजयी

नेपालखबर
पुस २३, २०७८ शुक्रबार ६:४१, काठमाडौँ

भारतविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले ७ विकेटको जित हात पारेको छ।

भारतले दिएको २४० रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ विकेट गुमाउँदै पूरा गरेको हो। दक्षिण अफ्रिकालाई जिताउन डिन एल्गरले अविजिति ९६ रन बनाए।

पहिलो इनिङमा भारतमा २०२ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले २२९ रन बनाएको थियो।

दोस्रो इनिङमा २६६ रन बनाउँदै भारतले दक्षिण अफ्रिकालाई २४० रनको लक्ष्य दिएको हो। दक्षिण अफ्रिकाले ३ विकेटको क्षतिमा २४३ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

यो टेस्टमा भारतका नियमित कप्तान विराट कोहली अनुपस्थित थिए। उनको स्थानमा केएल राहुललाई कप्तानको जिम्मेवारी दिइएको थियो। 

यससँगै घरेलु टोली दक्षिण अफ्रिकाले टेस्ट सिरिजलाई १–१ को बराबरीमा ल्याएको छ। पहिलो टेस्टमा भारतले दक्षिण अफ्रिकालाई हराएको थियो। 

तेस्रो टेस्ट जनवरी ११ देखि हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .