ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता टी-२० फर्म्याटमा

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता टी-२० फर्म्याटमा

नेपालखबर
पुस २२, २०७८ बिहिबार १७:४८, काठमाडौँ

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता टी–२० फर्म्याटमा हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिता टी–ट्वान्टी फर्म्याटमा गर्न स्वीकृति दिएको हो।  

२०२२ को फेब्रुअरीमा ओमानमा हुने टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि खेलाडी छनोटको आधार मानेर प्रतियोगिता गराइने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। 

प्रतियोगितामा ३ विभागीयसहित १० टोलीले स्पर्धा गर्नेछन्। समुह ए मा त्रिभुवन आर्मी फुटबल क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश १ छन्। समूह बी मा नेपाल एपीएफ क्लब, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्। 

१० देखि १९ जनवरीसम्म हुने प्रतियोगिताको पहिलो दिन ४ खेल हुनेछन्। मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुने खेलमा हरेक दिन २ खेल हुनेछ। 

त्रिवि क्रिकेट मैदानमा आर्मीले कर्णाली प्रदेशसँग र एपीएफले प्रदेश २ सँग खेल्नेछ। सोही दिन मूलपानी मैदानमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशसँग खेल्दा बागमती प्रदेशले लुम्बिनी प्रदेशसँग खेल्ने तालिका छ। 

समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .