ad ad

खेल


एएफसी फुटसल एशियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

एएफसी फुटसल एशियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

नेपालखबर
पुस २२, २०७८ बिहिबार १७:१९, काठमाडौँ

एएफसी फुटसल एशियन कप छनोटमा नेपाल उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेको समुह बी मा परेको छ। 

आज भएको भर्चुअल समूह विभाजनमा नेपाल समूह बी मा परेको हो। समूह ए मा ईरान, किर्गिस्तान, तुर्केमिनिस्तान र मालदिभ्स छन्। 

किर्गिस्तानमा हुने एशियन कप छनोटमा नेपालले अप्रिल १० देखि १२ सम्म खेल्नेछ। प्रतियोगिता अप्रिल ५ देखि १५ सम्म हुनेछ। 

छनोट खेलका लागि मुख्य प्रशिक्षक गौरव बस्नेतले ३२ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन्। पोखरामा भएको ए डिभिजन राष्ट्रिय फुटसल लिगमा गरेको प्रदर्शनका आधारमा मुख्य प्रशिक्षक बस्नेतले टोली घोषणा गरेका हुन्।

त्योबाहेक प्रदेश छनोट पार गरेका केही खेलाडी पनि बन्द प्रशिक्षणमा समेटिएका छन्। 

काठमाडौंमा सुरुवाती छनोट चरण पूरा गरेपछि पोखरामा प्रशिक्षण थाल्नेछ। बन्द प्रशिक्षण शुक्रबारदेखि पोखरामा सुरु हुँदै छ। 

बन्द प्रशिक्षणमा बोलाइएका ३२ खेलाडी 

गोलरक्षकः आनिस श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सञ्जिव तामाङ, सुमित कुमार आले 

फिक्सोः अरुज सिंह, विजय श्रेष्ठ, विक्कु तामाङ, सरोज तामाङ

पिभोटः अविनास तामाङ, विक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ। 

अला : आदिल हमिद, अमित लामा, जेनिश प्रजापति, किरण चौधरी, कृजल खड्का, मणी कुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .