ad ad

खेल


मोफसलमा हुने ५ नकआउट प्रतियोगिताका लागि एन्फाले दियो स्वीकृति

मोफसलमा हुने ५ नकआउट प्रतियोगिताका लागि एन्फाले दियो स्वीकृति

नेपालखबर
पुस २२, २०७८ बिहिबार १६:१८, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुने ५ नकआउट प्रतियोगिता आयोजनाका लागि स्वीकृति प्रदान गरेको छ। 

काठमाडौंमा जारी कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा बाधा नपर्ने गरेर एन्फाले प्रतियोगिता आयोजनाका लागि स्वीकृति दिएको हो। 

एन्फाले बुटवल र सुनसरीमा हुने प्रतियोगिताको मिति भने जुधाएको छ। यी दुई प्रतियोगिता एकै समय सुरु र समाप्त हुनेछन्। तर दुई स्थानमा एकै पटक प्रतियोगिता हुँदा एकै ए डिभिजन क्लबलाई अर्को स्थानमा सहभागी गराउन नपाउने नियम बनाएको छ। 

एन्फाले स्वीकृती दिएका ५ प्रतियोगिता मध्ये सबैभन्दा पहिले पोखरामा आहा रारा गोल्डकप प्रतियोगिता सुरु हुनेछ। सहारा क्लबले आयोजना गर्ने प्रतियोगिता माघ ६ देखि १५ गतेसम्म हुनेछ। 
मकवानपुर जिल्ला फुटबल संघले हेटौँडामा गर्ने शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता माघ १६ देखि २६ गतेसम्म हुनेछ। 

रुपन्देही जिल्ला फुटबल संघले गर्ने तिलोत्तमा गोल्डकप फागुन १४ देखि २१ सम्म हुनेछ। राष्ट्रिय जागृति क्लब इटहरीले गर्ने इटहरी गोल्डकप फागुन १४ देखि २१ सम्म हुनेछ। कास्की जिल्ला फुटबल संघले गर्ने पोखरा गोल्डकप फागुन १९ देखि २८ सम्म हुनेछ। 

नव जनजागृति युवा क्लब बाराले गर्ने सिमरा गोल्डकप फागुन २६ देखि चैत्र ५ गतेसम्म हुनेछ। 

एन्फाले स्वीकृती दिएका प्रतियोगिता आयोजना गर्दा १२ टिम भए कम्तीमा ८ ए डिभिजन क्लब, १० टोली हुँदा ए डिभिजनका ६ र ८ टोली सहभागी हुँदा ४ ए डिभिजन क्लबलाई अनिवार्य सहभागी गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .