खेल


अझै सुरु हुन सकेन कार्यसमिति बैठक, एन्फा परिसरमा प्रहरी तैनाथ

अझै सुरु हुन सकेन कार्यसमिति बैठक, एन्फा परिसरमा प्रहरी तैनाथ

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०७८ बिहिबार १३:३४, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) को १ बजेका लागि तय कार्यसमिति बैठक अझै सुरु हुन सकेको छैन। 

वरिष्ठ उपाध्यक्षसहित ७ सदस्यले कार्यसमिति बैठक माग गरेपछि एन्फाले आजका लागि बैठक बोलाएको थियो। तर बैठक सुरु हुनुअघि नै एन्फा परिसरमा प्रहरी तैनाथ छन्। प्रहरी किन र के का लागि उपस्थित भएको भन्ने आफूहरुलाई कुनै जानकारी नभएको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए।  

महासचिव तुलाधरले भने, ‘प्रहरीहरु किन आएको हो भनेर उनीहरुलाई नै सोध्नुपर्ला।’

एन्फाको आजको बैठकमा निर्वाचन, जिल्ला प्रदेश निर्वाचन सम्बन्धि, थ्री नेसन्स कपको टिकट, ए,बी,सी लिग, राष्ट्रिय लिग सम्बन्धमा, खेलाडीलाई पुरस्कार सम्बन्धमा विषयहरुमा छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad