ad ad

खेल


कारबाओ कपः सेमिफाइनलको पहिलो लेगमा टोटनह्याममाथि चेल्सीको जित

कारबाओ कपः सेमिफाइनलको पहिलो लेगमा टोटनह्याममाथि चेल्सीको जित

नेपालखबर
पुस २२, २०७८ बिहिबार ६:४२, काठमाडौँ

कारबाओ कपअन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले टोटनह्याम हटस्परमाथि २–० को जित हात पारेको छ।

सेमिफाइनलको पहिलो लेगमा चेल्सीले टोटनह्याममाथि महत्वपूर्ण जित हात पारेको हो।

बुधबार राति भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेजले एक गोल गरेका थिए। अर्को एक गोल चेल्सीको आत्मघाती गोलको रुपमा उपहार पाएको थियो। 

यससँगै चेल्सीले कारबाओ कपको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। उनीहरुबीचको दोस्रो लेग जनवरी १२ म हुनेछ।

यो खेलले फाइनल पुग्ने टोलीको टुङ्गो लगाउनेछ। यद्यपि टोटनह्यामको लागि फाइनलको यात्रा कठिन बनेको छ।

कारबाओ कपको अर्को सेमिफाइनल खेल लिभरपुल र आर्सनलबीच हुनेछ। लिभरपुलको टोलीमा कोरोना संक्रमण देखिएसँगै उनीहरुबीचको खेलमा जनवरी १३ र २० मा सारिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .