ad ad

खेल


न्यु डायमन्ड क्लबलाई केल्मीको थप एक वर्ष साथ

न्यु डायमन्ड क्लबलाई केल्मीको थप एक वर्ष साथ

नेपालखबर
पुस २०, २०७८ मंगलबार २१:३५, काठमाडौँ

होंगान्जी न्यु डायमन्ड क्लबले थप एक वर्ष खेलकुद सामग्री कम्पनी केल्मीको साथ पाउने भएको छ। 

मंगलबार केल्मी र न्यु डायमण्ड क्लबले एक कार्यक्रम गर्दै सम्झौता गरेका हुन्। सम्झौता पत्रमा केल्मीको आधिकारिक विक्रेता कामारु ट्रेडिङका निर्देशक प्रदीप न्यौपाने र न्यू डायमन्डकी अध्यक्ष सुनकेशरी मालीले हस्ताक्षर गरे। 

सम्झौता अनुसार केल्मीले डायमण्डलाई आवश्यक खेलकुद पोशाक र भलिबल दिनेछ। 

सम्झौतापछि केल्मीका निर्देशक न्यौपानेले खेलकुदको विकासमा आफूहरुको साथ सधैँ रहेकाले न्यु डायमन्डसँगको सम्झौता पनि दीर्घकालिन रहेको बताए। 

न्यु डायमण्डकी अध्यक्ष मालीले केल्मीलाई धन्यवाद दिँदै आगामी दिनमा थप सफलता प्राप्त गर्न प्रायोजन सम्झौता लाभदायी हुने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .