ad ad

खेल


एमबाप्पेको ह्याट्रिकमा पीएसजीको फराकिलो जित

एमबाप्पेको ह्याट्रिकमा पीएसजीको फराकिलो जित

नेपालखबर
पुस २०, २०७८ मंगलबार ६:५१, काठमाडौँ

फ्रेन्च कपअन्तर्गत सोमबार राति भएको खेलमा पीएसजीले भेन्समाथि ४–० को फराकिलो जित हात पारेको छ।

फ्रेन्च कपको अन्तिम ३२ को खेलमा भेन्सलाई हराउने क्रममा पीएसजीका कायलिन एमबाप्पेले आफ्नो ह्याट्रिक पूरा गरे। 

खेलको २८ औं मिनेटमा पीएसजीका प्रेसनेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा थप गोल नभए पनि दोस्रो हाफको ५१, ७१ र ७६ औं मिनेटमा गरी एमबाप्पेले तीन गोल थपे र टोलीलाई फराकिलो जित दिलाए। 

पीएसजीले पछिल्लो सातमध्ये ६ पटक फ्रेन्च कपको उपाधि जितेको छ। यो टोली सन् २०१५ पटि प्रत्येक पटक फाइनलमा पुगेको छ।

सोमबारको खेलमा कोरोना संक्रमण पुष्टि भएको कारण लियोनेल मेस्सीसहित पीएसजीका चार खेलाडी भने अनुपस्थित थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .