ad ad

खेल


लगातार तेस्रो जित निकाल्दै हिमालयन शेर्पा ए डिभिजन लिगको पाँचौँ स्थानमा

लगातार तेस्रो जित निकाल्दै हिमालयन शेर्पा ए डिभिजन लिगको पाँचौँ स्थानमा

नेपालखबर
पुस १९, २०७८ सोमबार १६:३३, काठमाडौँ

लगातार तेस्रो जित निकाल्दै हिमालयन शेर्पा क्लब कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा पाँचौँ स्थानमा उक्लेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको सातौँ चरणको अन्तिम खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै शेर्पाले अंक तालिकामा चार स्थान सुधार गरेको हो। 

खेलको ४४औँ मिनेटमा शेर्पाले पेनाल्टीमा गोल गर्दै अग्रता बनाएको हो। सातदोबाटोका पिटर सेगुनले शेर्पाका त्रिदेव गुरुङलाई फाउल गरेपछि पाएको पेनाल्टीमा विश्वास श्रेष्ठले गोल गरेका हुन्। 

सात मिनेट थपिएको इन्ज्युरी समयको अन्तिम मिनेटमा मार्टिन एडेफे सिलो नांगाले पेनाल्टीमा गोल गर्न चुक्दा सातदोबाटोले बराबरीको मौका गुमायो।  

शेर्पाले ७ खेलबाट ११ अंक जोडेको छ। पराजित सातदोबाटोको ७ खेलबाट ८ अंक छ। 

सातौँ चरणको समाप्तिमा मछिन्द्र फुटबल क्लबले शीर्ष स्थानमा रहँदै एएफसी कप छनोटका लागि स्थान पक्का गरिसकेको छ।

मछिन्द्रले ७ खेलबाट १७ अंक जोड्दा दोस्रो चरणमा रहेको मनाङ मर्स्याङ्दी क्लबको १६ अंक छ। 

सातौँ चरणको समाप्तिमा फ्रेण्ड्स क्लव र च्यासल युथ क्लब रेलिगेसन क्षेत्रमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .