स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले जित हात पारेका छन्।
बार्सिलोनाले मालोर्कालाई १–० गोल अन्तरले पराजित गरेको हो। एथ्लेटिको मड्रिडल रायो भालेकानोलाई २–० गोल अन्तरल पराजित गरेको हो।
बार्सिलोनालाई जित दिलाउन लुक डे जोङले खेलको ४४ औं मिनेटमा निर्णायक गोल गरे।
त्यस्तै एथ्लेटिको मड्रिडलाई जिताउन एन्जेल कोरियाले निर्णायक २ गोल गरे।
यससँगै लिगमा बार्सिलोना १९ खेलबाट ३१ अंक जोड्दै लिगको पाँचौं स्थानमा उक्लिएको छ भने एथ्लेटिको समान खेलबाट ३२ हात पार्दै चौथो स्थानमा छ।
शीर्षस्थानमा रहेको रियलको २० खेलबाट ४६ अंक छ।
27
Shares
प्रतिक्रिया