ad ad

खेल


डि ककले गरे टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

डि ककले गरे टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

नेपालखबर
पुस १६, २०७८ शुक्रबार ७:१०, काठमाडौँ

दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डि ककले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

आफ्नो परिवारलाई थप समय दिन भन्दै डि ककले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

डि कक केही समयमा नै बाबु बन्न लागेको बीबीसीले उल्लेख गरेको छ। 

बिहीबार दक्षिण अफ्रिका भारतसँग फराकिलो अन्तरले पराजित भएसँगै डि ककले यस्तो घोषणा गरेका हुन्।

उनले भनेका छन्, ‘मेरो लागि परिवार नै सबैथोक हो र म हाम्रो जीवनको नयाँ र उत्साहित अध्यायमा उनीहरुलाई आफ्नो धेरै समय र साथ दिन चाहन्छु।’

२९ वर्षीय डि ककले सन् २०१४ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। उनले यो फरम्याटमा ३३ सय रन प्रहार गरेका छन् भने ६ शतक र २२ अर्धशतक प्रहार गरेका छन्।

डि ककले आफूले आगामी दिनमा एक दिवसीय र टी२०मा ध्यान केन्द्रित गर्ने र आफ्नो देशको लागि उत्कृष्ट प्रदर्शनको प्रयास गर्ने उल्लेख गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .