ad ad

खेल


दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतको फराकिलो जित

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतको फराकिलो जित

नेपालखबर
पुस १६, २०७८ शुक्रबार ६:५५, काठमाडौँ

दक्षिण अफ्रिकाविरुद्धको पहिलो पहिलो टेस्ट क्रिकेटमा भारतले ११३ रनको फराकिलो जित हात पारेको छ।

भारतले दक्षिण अफ्रिकालाई जितको लागि ३०५ रनको लक्ष्य दिएको थियो। तर, घरेलु टोली १९१ रनमै समेटिएको हो।

दक्षिण अफ्रिकालाई कम रनमै समेट्ने क्रममा भारतमा जसप्रित बुमराह र मोहम्मद समीले ३/३ विकेट लिएका थिए। 

यसअघि पहिलो इनिङमा भारतले ३२७ रन बनाएको थियो भने दक्षिण अफ्रिका १९७ रनमा समेटिएको थियो।

दोस्रो इनिङमा भारत १७४ रनमा अलआउट भएको थियो। पहिलो इनिङमा शतक प्रहार गर्ने भारतका के एल राहुल प्लेयर अफ द म्याच बने। 

यससँगै भारतले ५ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .