ad ad

खेल


नेपाली महिला टोली एभीसी एशियन सेन्ट्रल जोन भलिबलको फाइनलमा प्रवेश

नेपाली महिला टोली एभीसी एशियन सेन्ट्रल जोन भलिबलको फाइनलमा प्रवेश

नेपालखबर
पुस ११, २०७८ आइतबार १५:१६, काठमाडौँ

नेपाली राष्टिय महिला भलिबल टोली बंगलादेशमा जारी एभीसी एशियन सेन्ट्रल जोन भलिबलको फाइनलमा प्रवेश गरेको छ। 

ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गरेको नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो। 

अपराजित यात्रालाई कायम राखेको महिला टोलीले उज्जेकिस्तानलाई २५–२०, २५–२३ २५–१४ ले पराजित गरेको हो। 

लिग चरणको अन्तिम खेलमा नेपालले किर्गिस्तानसँग खेल्नेछ। 

महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ टोली सहभागी छन्। 

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन्। तेस्रो र चौथो स्थानमा रहने टाेलीले कास्य पदकका लागि खेल्नेछन्। फाइनल खेल मंगलबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .