ad ad

खेल


श्रीलंकासँग टस हारेर फिल्डिङ गर्दै नेपाल

श्रीलंकासँग टस हारेर फिल्डिङ गर्दै नेपाल

नेपालखबर
पुस ११, २०७८ आइतबार १२:१३, काठमाडौँ

एसीसी यू–१९ एसिया कपमा नेपालले श्रीलंकासँग खेलमा टस हारेर पहिला फिल्डिङ गरिरहेको छ। 

शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरिरहेको श्रीलंकाले १२ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ४३  रन बनाएर खेलिरहेको छ। 

नेपालले श्रीलंकासँगको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। आजको खेलमा दुर्गेश गुप्ता र अर्जुन कुमाल बेन्चमा छन् भने उनीहरुको स्थानमा शेर मल्ल र बसन्त कार्कीलाई टोलीमा समेटिएको छ। 

एसिया कपको पहिलो खेलमा नेपाल साविक विजेता बंगलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले हार व्यहोरेको थियो। 

अंक तालिकाको दोस्रो स्थानमा रहेको श्रीलंका नेपाललाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ। 

नेपाल भने पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ। नेपालले श्रीलंकालाई पराजित गरे अन्तिम ४ को सम्भावना जीवित राख्नेछ भने पराजित भए एक खेल अगावै समूह चरणबाट बाहिरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .