एभीसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको खेलमा नेपाली टोली श्रीलंकासँग पराजित भएको छ।
श्रीलंकासँगको हारपछि नेपालको फाइनल पुग्ने सम्भावना कमजोर भएको छ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको हो।
पहिलो सेट नेपालले १८–२५ ले गुमाएको नेपालले दोस्रो सेटमा २५–२२ को जित निकाल्दै पुनरागमन गरेको थियो।
तेस्रो सेटमा १६–२५ ले पराजित भएको नेपाली टोलीले चौथो सेट १५–२५ ले गुमायो।
नेपाल पहिलो खेलमा घरेलु टोलीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। दोस्रो खेलमा भने उज्वेकिस्तानलाई ३–१ को सेटमा पाखा लगाएको थियो।
लिग चरणको अन्तिम खेलमा नेपालले भोलि माल्दिभ्ससँग खेल्ने छ।
54
Shares
प्रतिक्रिया