म्यानचेस्टर सिटीका २१ वर्षीय फरवार्ड फेरान टोरेस बार्सिलोना जाने भएका छन्।
सिटी र बार्सिलोनाबीच टोरेसलाई खरिद गर्ने विषयमा सम्झौता भएको हो। सम्झौताअनुसार बार्सिलोनाले टोरेसलाई खरिद गर्दा ५ करोड ५० लाख युरो रकम बुझाउनुपर्ने छ भने अतिरिक्त एक करोड युरो दिनेछ।
यसअघि आर्थिक संकटको कारण नयाँ खेलाडी भित्र्याउन असफल रहँदै आएको बार्सिलोनाले बैंकको ऋणबाट नयाँ खेलाडीलाई क्लबमा ल्याउन लागेको हो। यद्यपि बार्सिलोनाले ला लिगाको मापदण्डअनुसार केही खेलाडी नबेची टोरेसलाई टोलीमा राख्न भने सक्दैन।
टोरेस यसअघि नै बार्सिलोना आउन सहमत भएका थिए।
45
Shares
प्रतिक्रिया