फ्रेन्च लिग वानअन्तर्गत बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) लोरियन्टसँग बराबरीमा रोकिएको छ।
खेलको ४० मिनेटमा लोरियन्टले एक गोल गर्दै खेलमा अग्रता लिएको थियो। दोस्रो हाफको ८६ औं मिनेटमा दोहोरो पँहेलो कार्ड खाँदै सर्जियो रामोस मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो।
यद्यपि खेलको इन्ज्युरी समयमा माउरो इकार्डीले गोल गर्दै टोलीलाई हारबाट बचाए। खेल सकिन केही समयमात्र बाँकी छँदा एन्जल डि मारियाले गरेको राम्रो प्रहार विपक्षी टोलीका गोलकिपरले बचाएका थिए। यसअघि लियोनेल मेस्सीले सिर्जना गरेको केही राम्रो अवसरमा पनि गोल हुन सकेको थिएन।
लिगमा पीएसजीले १९ खेलबाट ४६ अंक हात पारेको छ। पीएसजी दोस्रो स्थानमा रहेको नाइसभन्दा १३ अंकले अगाडि छ।
24
Shares
प्रतिक्रिया