स्पेनिस ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लासँग १–१ को बराबरी खेलेको छ। खेलको ६४ औं मिनेटमा सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो। तर, बार्सिलोनाले यसको फाइदा भने उठाउन सकेन।
खेलको ३२ औं मिनेटमा नै एलेजान्द्रो गोमेजको गोलमा सेभिल्लाले अग्रता लिएको थियो। तर, ४५ औं मिनेटमा रोनाल्ड अराउजोले बराबरी गोल फर्काएका थिए। दोस्रो हाफमा कुनै गोल हुन सकेन।
यससँगै ला लिगामा बार्सिलोनाले १८ खेलबाट २८ अंक जोडेको छ। लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडले समान खेलबाट ४३ अंक हात पारेको छ। सेभिल्ला समान खेलबाट ३८ अंकका साथ दोस्रो स्थानमा छ। बार्सिलोना भने लिगको सातौं स्थानमा छ।
30
Shares
प्रतिक्रिया