ad ad

खेल


एमबाप्पेको दुई गोलमा पीएसजीको सहज जित

एमबाप्पेको दुई गोलमा पीएसजीको सहज जित

नेपालखबर
पुस ५, २०७८ सोमबार ७:७, काठमाडौँ

फ्रेन्च लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले कपल डे फ्रान्सलाई एससी फेइग्निसलाई ३–० गोल अन्तरले पराजित गरेको छ। पीएसजीलाई जित दिलाउने क्रममा कायलिन एम्बाप्पेले दुई गोल गरेका थिए भने माउरो इकार्डीले एक गोल गरेका थिए। 

खेलको १६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै एमबाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए। खेलको ३१ औं मिनेटमा पीएसजीले अर्को पेनाल्टी पाएको थियो।

उक्त पेनाल्टीमा इकार्डीले गोल थप्दै पहिलो हाफमा पीएसजीलाई २–० को अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो हाफको ५१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० अवस्थामा पुर्‍याएका थिए। 

लिग वानमा पीएसजीले १८ खेलबाट ४५ अंक हात पारेर शीर्षस्थानमा रहँदै दोस्रो स्थानको टोलीसँग स्पष्ट १३ अंकको अग्रता बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .