ad ad

खेल


हिमालयन शेर्पाको पहिलो जित

हिमालयन शेर्पाको पहिलो जित

नेपालखबर
पुस ४, २०७८ आइतबार २१:१०, काठमाडौँ

हिमालयन शेर्पा क्लवले कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ।  

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लवलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै पहिलो जित निकालेको हो। 

खेलको पहिलो हाफको चौथो मिनेटमा मुताम्बा पिस्टोनले गोल गर्दै शेर्पालाई सुरुवाती अग्रता दिलाएका थिए। 

पहिलो हाफमा १–० ले पछि परेको बीबीसीका लागि ५३ औँ मिनेटमा भुवन बस्नेतले बराबरी गोल फर्काए। 

७४ औँ मिनेटमा सुशेश कुमालले २–१ ले अग्रता बनाए। दोस्रो हाफको इन्ज्युरी समयमा मनिष थापाले गोल गर्दै ३–१ को जित दिलाए। 

लिगमा शेर्पाले पहिलो जित निकालेको हो। लिगमा ५ खेलबाट ५ अंक जोडेको शेर्पा आठौँ स्थानमा स्थानमा छ। समान ५ अंक भएको बीबीसी गोल अन्तरमा पछि पर्दै दशौँ स्थानमा छ। 

खेलपछि शेर्पाका प्रशिक्षक युगल किशोर राईले भने, ‘लिगमा पहिलो जित सँगै ३ अंक जोड्न सफल भएकोमा एकदमै खुसी छु। व्यक्तीगत रुपमा निकै खुसी लागेको छ। पहिलाको खेलमा गोल ननिस्केको हो खेल भने राम्रो भएको थियो।’ 

बीबीसीका प्रशिक्षक सनोज श्रेष्ठले भने, ‘टिम सेट नहुँदै गोल खान पुग्यौँ। आजको खेलमा गोलकिपर अन्जल श्रेष्ठले भने म्याच एक्पोजर कमी भएको कारण गोल खान पुग्यौँ। पहिलो किपर पूर्ण चेम्जोङ घाइते भएका कारण अन्जललाई ल्याएका थियौँ।’

उनले थपे, ‘अन्जल भर्खरै बी डिभिजनबाट ए डिभिजन खेलेका खेलाडी हुन्। त्यसैले प्रेसर लिन गाह्रो भयो। किपरको म्याच एक्पोजर कमि हुँदा गोल खान पुग्यौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .