ad ad

खेल


लेवान्डोस्कीले तोडे ५ दशक पुरानो कीर्तिमान

लेवान्डोस्कीले तोडे ५ दशक पुरानो कीर्तिमान

नेपालखबर
पुस ३, २०७८ शनिबार ७:०, काठमाडौँ

पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा ४९ वर्ष पुरानो कीर्तिमान तोडेका छन्।

उनले बुन्डेसलिगामा एकै वर्ष सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान कायम गरेका हुन्। 

शुक्रबार राति भएको खेलमा भीएफएल वुल्फ्सबर्गविरुद्ध गोल गर्दै लेवान्डोस्कीले नयाँ कीर्तिमान राखेका हुन्। सन् २०२१ मा लेवान्डोस्कीले बार्यन म्युनिखका लागि ४३ गोल गरेका छन्। यसअघि सन् १९७२ मा ग्रेड मुलरले ४२ गोल गर्दै बुन्डेसलिगामा एकै वर्ष सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान राखेका थिए। 

शुक्रबार राति भएको खेलमा बार्यनले वुल्फ्सबर्गमाथि ४–० गोल अन्तरको जित हात पारेको छ। बार्यनलाई जित दिलाउने क्रममा थोमस मुलर, डायोट उपमेकानो, लेरोय साने र लेवान्डोस्कीले एक/एक गोल गरे।

बार्यनले बुन्डेसलिगाको अंकतालिकामा १७ खेलबाट ४३ अंक हात पार्दै पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको बी डर्टमन्डले १६ खेलबाट ३४ अंक हात पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .