ad ad

खेल


खेलाडीमाथिको कारबाहीमा पुनर्विचार गर्न खेलकुदमन्त्रीको आग्रह

खेलाडीमाथिको कारबाहीमा पुनर्विचार गर्न खेलकुदमन्त्रीको आग्रह

नेपालखबर
पुस २, २०७८ शुक्रबार १७:१५, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथि पुनः विचार गर्न आग्रह गरेका छन्।

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले कारबाहीको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका हुन्।

क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री गहतराजले खेलाडीहरुलाई संरक्षण गर्नुपर्ने बताए।

क्यान र खेलाडीबीच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री गहतराजले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै चिन्ता समेत व्यक्त गरे।

मन्त्री गहतराजले आगामी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन समेत दिएका छन्। त्यसक्रममा मन्त्री गहतराजले खेलाडीहरुको वर्गीकरण प्रक्रियाका विषयमासमेत चासो लिएका छन्।

गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो। उक्त निर्णयप्रति मन्त्रीले असन्तुष्टि जनाउँदै कारबाहीको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .