ad ad

खेल


खेलाडीलाई कारबाही भएको विषयमा प्रधानमन्त्रीसँग कुरा भएको छैन : अध्यक्ष चन्द

खेलाडीलाई कारबाही भएको विषयमा प्रधानमन्त्रीसँग कुरा भएको छैन : अध्यक्ष चन्द

नेपालखबर
पुस २, २०७८ शुक्रबार १५:४८, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय टोलीको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाएको विषयमा कुनै कुरो नगरेको स्पष्टीकरण दिएका छन्। 

गत बुधबार बसेको क्यानको कार्यसमिति बैठकले अनुशासन उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र र दीपेन्द्रसिंह ऐरीलाई कप्तान र उपकप्तानबाट हटाउनुका साथै उनीहरुसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय गरेको थियो।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा क्रिकेट खेलाडीमाथि गरेको कारबाहीको विषयमा ध्यानाकर्षण गराएका थिए। 

उक्त ध्यानाकर्षणपश्चात प्रधानमन्त्रीले क्यान अध्यक्ष चन्दलाई फोन गर्दै कारबाहीका विषयमा चासो राख्दै मिलाउन भनेको समाचार बाहिरिएको थियो। 

‘मेरो पार्टी सभापतिसँग कुरा त भइरहन्छ। पार्टीका गतिबिधिबारे छलफल भइरहन्छ’ कांग्रेस बैतडीका सभापतिसमेत रहेका चन्दले नेपालखबरसँग भने, ‘प्रचण्डजीले चासो राख्नुभएको न्यूजमा आइरहेको छ। उहाँको चासो होला। कप्तान लगायतलाई हटाएको विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको होइन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .