ad ad

खेल


खेलाडीहरूले अनुशासनहीन काम त गरेकै हो: उत्तम कर्माचार्य

खेलाडीहरूले अनुशासनहीन काम त गरेकै हो: उत्तम कर्माचार्य

उत्तम कर्माचार्य
पुस २, २०७८ शुक्रबार १३:४१, काठमाडौँ

खेलाडीहरुलाई अनुशासनको दायरामा त ल्याउनैपर्छ। क्यान खेलाडीहरूको माउ संस्था हो। खेलाडीलाई वर्गीकरणमा चित्त बुझेको छैन भने बसेर छलफल गर्नुपर्ने हो। तर, एक्कासी मिडियामा गएर खेलाडीहरूले अनुशासनहीन काम त गरेकै हो।

त्यसैको सजाय क्रिकेट संघले सजाए दिएको होला। खेलाडीले पनि आचारसंहिता मान्नैपर्छ। खेलाडी र क्यान भनेको क्रिकेट संघको अभिन्न अंग हुन। वर्गीकरणमा चित्त बुझेन भने टेबुलमा बसेर निकास दिएको भए निकास हुन्थ्यो। खेलाडीहरुलाई अनुशासनको दायरामा ल्याउनुपर्छ। 

अनुशासनका नाममा यो पहिलोपल्ट कारवाही भएको हो। फेब्रुअरीमा हुने विश्वकप छनोटलाई मध्यनजर गरेर कारबाही गरेको भए हुन्थ्यो। सजाय अलि कडा भयो। ज्ञानेन्द्र(मल्ल) र दीपेन्द्र(ऐरी)लाई दोब्बर सजाय पनि भयो। एकातिर कप्तान–उपकप्तानबाट हटाइयो अर्कातिर ६ महिना केन्द्रीय सम्झौताबाट अलग राखियो। 

मुख्य त पैसा त हो। पैसा भए पो आर्थिक रुपमा सुरक्षित भएर खेल्ने, खेलाडीको मनोभाव बढ्ने हो। त्यो पनि ६ महिना रोक्का भयो। कारबाही अलिकति कडा हो। 

कप्तानबाट हटाउँनु, ६ महिनासम्म तलब रोक्नु यसले अलिकति मनोबलमा तलमाथि होला। क्यानको वक्तव्यमा खेलाडीहरुलाई खेल्नबाट रोकेको छैन। उच्च भावनाका साथ खेल्नुहुन्छ भनेर त्यसले केही असर नगर्ला। अलिकति कारबाहीले खेलाडीहरूको मनोबल तल भएपछि आउँदो प्रतियोगिताहरूमा यसले पक्का पनि असर गर्छ। 

खेलाडीहरूको नेपालको प्रतिनिधित्व गर्ने हो। आफूहरुले दायाँबायाँ नसोची राम्रो खेल्दा देशकै इज्जत बढ्ने हो भन्नेतर्फ खेलाडीहरूले ध्यान दिनुहोला। 

अझैपनि एकअर्कासँग इगो देखाएर अघि बढौं भनेर गएँ भने त्यसले नेपाली क्रिकेटलाई धेरै ठूलो असर गर्छ। दुवै समूह मुडेबलमा गए भने अहिले जुन नेपाली क्रिकेटको साख छ त्यो खस्किने मात्रै होइन जिरोमै जान्छ। 

क्यानले खेलाडी छानविन अनुशासन समिति नै बनाएको थियो। उहाँहरुले कारबाही गर्दाको परिणाम के हुन्छ त्यसले नेपाली क्रिकेटलाई दीर्घकालिन रुपमा के अप्ठारो पार्नसक्छ भन्ने सोचविचार गरेर नै यो कदम चाल्नुभएको होला। 

६ जनाको असहमति भन्ने आइसकेको छ। पूर्ण बहुमतले गरेका निर्णय पनि भएन। त्यसले नेपाली क्रिकेटलाई असर गरिहाल्छ। 

कप्तान क्रिकेट संघले सोचेको जस्तो भएन। कप्तानले सबैलाई मिलाएर जानुपर्ने हो। कप्तानले पनि आफूलाई चित्त नबुझेको कुरा उठाउनुभयो तर एकैचोटी मिडियामा जानुभयो। क्रिकेट संघले पनि कमसेकम एकचोटी आएर छलफल गरिदिएको भए हुन्थ्यो ठानेको होला। संघकै अधिकारको कुरा हो कप्तान कसलाई राख्ने। उसलाई उपर्युक्त लाग्ने, टिमलाई मिलाएर लैजानसक्ने खेलाडीलाई दिने हो। 

सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्तिको विषयमा टोलीको मुख्य छनोटकर्ता मलाई पनि कुनै सल्लाह भएको छैन। सन्दीप पनि राम्रो खेलाडी हो। यू–१९, सिनियरमा पनि मेयर कपमा कप्तानी गरिसकेको छ। ६–७ वर्षदेखि सिनियर टिममेटसँग खेलिरहनुभएको छ। उहाँ सबैसँग घुलमिल नै हुनुहोला। अहिलेको बेला उहाँले सबैलाई मिलाउन सक्नु होला भन्ने मैले पनि सोचेको छु र क्रिकेट संघले पनि त्यही सोचेर कप्तान बनाएको होला। 

(राष्ट्रिय टोलीका मुख्य छनोटकर्ता उत्तम कर्माचार्यसँग नेपालखबरका यज्ञराज जोशीले गरेको कुराकानीमा आधारित)

याे पनि हेर्नुहोस्- विनोद दास भन्छन्- कप्तानलाई नै सोध्नुस्, कति दिन अभ्यासमा जानुभयो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .