ad ad

खेल


साफ यू–१९ वुमन्स च्याम्पियनसिपमा भुटानसँग खेल्दै नेपाल

साफ यू–१९ वुमन्स च्याम्पियनसिपमा भुटानसँग खेल्दै नेपाल

नेपालखबर
पुस २, २०७८ शुक्रबार १३:५, काठमाडौँ

साफ यू–१९ वुमन्स च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले शुक्रबार भुटानसँग प्रतिस्पर्धा गर्दै छ। 

खेल ढाकास्थित वीरश्रेष्ठ शाहिद सिफाही मुस्तफा कमल स्टेडियममा साँझ ७ बजेपछि हुनेछ। 

च्याम्पियनसिपमा अपराजित रहेको नेपाल सोही लयलाई निरन्तरता दिन चाहन्छ। 

नेपालले पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। 

दोस्रो खेलमा भने श्रीलंकालाई ६–० को फराकिलो गोल अन्तरले पाखा लगाएको थियो। 

समूह चरणको अन्तिम खेल खेल्न लागेको भुटान नेपाललाई पराजित वा बराबरीमा रोक्ने योजनामा मैदान उतार्नेछ। 

उता भुटानले पहिलो खेलमा श्रीलंकालाई ५–० गोल अन्तरले पाखा लगाएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ६–० को हार भोगेको भुटानले तेस्रो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो। 

आजै हुने अर्को खेलमा शीर्ष स्थानको भारत र दोस्रो स्थानको घरेलु टोली बंगलादेश भिड्नेछन्। 

समूह चरणको अन्तिम खेलमा नेपालले आईतबार भारतसँग खेल्ने तालिका छ। 

५ टोली सहभागी च्याम्पिनसिपको शीर्ष २ मा रहने टोलीले उपाधिका लागि स्पर्धा गर्नेछन्। 

साफ च्याम्पियनसिपमा लगाातार दुई खेलमा जित निकालेको भारत ५ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। 

एक खेलमा जित र एक खेलमा बराबरी गरेर समान ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ। 

दुई खेलमा हार र १ खेलमा जित निकालेको भुटान ३ अंकमा चौथो स्थानमा छ। लिगका तिनै खेलमा पराजित भएको श्रीलंका भने अंकविहीन रुपमा तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .