ad ad

खेल


ए डिभिजन लिग पाँचौं चरणमा, मछिन्द्र शीर्षस्थानमा पुग्दा अरु कहाँ?

ए डिभिजन लिग पाँचौं चरणमा, मछिन्द्र शीर्षस्थानमा पुग्दा अरु कहाँ?

नेपालखबर
पुस १, २०७८ बिहिबार १४:५९, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको खेल सकिँदा साबिक विजेता मछिन्द्र क्लब शीर्ष स्थानमा उक्लेको छ। 

चौथो चरणसम्मको खेल सकिँदा ४ टोलीले मात्र अपराजित यात्रालाई कायम राखेका छन्। मछिन्द्र, मनाङ मर्स्याङ्दी क्लब, साबिक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबले अपराजित यात्रालाई कायम राखेका छन्। मछिन्द्र र मनाङको समान १० अंक भएपनि गोल अन्तरमा पछि पर्दै मनाङ दोस्रो स्थानमा छ। समान ८ अंक भएपनि आर्मी तेस्रो र संकटा चौथो स्थानमा छ। 

यता नव प्रवेशी सातदोबाटो युथ क्लबले भने चौथो चरणमा आइपुग्दा अपराजित यात्रालाई पूर्णविराम लगाएको थियो। २ खेलमा जित, एकमा हार र एक खेलमा बराबरी गरेको सातदोबाटो पाचौँ स्थानमा झरेको छ। 

लिगमा अंकविहीन रहेका जावलाखेल युथ क्लब र नेपाल एपीएफ फुटबल क्लबले भने चौथो राउन्डमा आएर अंकको खाता खोले। पुछारका यी दुई टोलीको समान एक अंक छ। 

लिगको गोल संख्या
लिगको चौथो चरण सकिदासम्म सर्वाधिक गोल तेस्रो चरणमा भयो। लिगको पहिलो चरणमा १६ गोल भएको थियो। दोस्रो चरणमा सबैभन्दा कम ९ गोल मात्रै भयो। तेस्रो चरणमा १८ र  चौथो चरणमा ९ गोल मात्रै भयो। लिगको ९१ खेलमध्ये २८ खेल सकिँदा १७ खेलमा हार जितको नतिजा निस्कियो। लिगका ५ खेल गोलरहित बराबरी र ६ खेल गोलसहितको बराबरीमा टुङ्गिएको छ। 

२८ खेलमा पहिलो हाफमा १९ र दोस्रो हाफमा ३१ गोल दोस्रो हाफमा भए। लिगको चौथो चरणको खेल सकिदा ३९ खेलाडीले गोल गरेका छन्। ति मध्ये दुई खेलाडीले आत्मघाति गोल गरे। जावलाखेलका सीमान्त थापा र सातदोबाटोका करण रावतले आत्मघाती गोल गरे।  

लिगमा ५० गोलको आँकडा भने २७ औँ खेलमा आएर पुरा भयो। लिगको २७ औँ खेलमा नेपाल पुलिस क्लबविरुद्ध संकटा क्लबका निरज बस्नेतले जारी लिगको ५० औँ गोल आफ्नो नाममा गरे। 

लिगको पहिलो ह्याट्रिक भने तेस्रो चरणमा आएर मात्रै सम्भव भयो। तेस्रो चरणको दोस्रो खेलमा सातदोबाटो युथ क्लबका अजायी मार्टिनले विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबविरुद्ध पहिलो ह्याट्रिक पुरा गरेका हुन्।

मार्टिनले खेलको ४२, पहिलो हाफमा थप गरिएको ६ मिनेटको इन्ज्युरी समय र ५८ औँ मिनेटमा गोल गर्दै लिगमा पहिलो ह्याट्रिक पुरा गरे। ह्याट्रिकसँगै मार्टिन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। 

मार्टिनसँगै मछिन्द्रका सुनिल बल सर्वाधिक गोलकर्ताको दौडमा छन्। उनीहरु दुवैको समान ३ गोल छ। 

चौथो चरण सकिँदा ८० वटा पँहेलो कार्ड प्रयोग भए। 

लिगको २८ खेल सकिँदा पहिलो हाफमा नियमित ४५ मिनेट बाहेक ७८ मिनेट इन्ज्युरी समय थप गरिएको छ। दोस्रो हाफमा १ सय ३२ मिनेट थप गरेर खेल खेलाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .