कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणमा विभागीय एपीएफ फुटबल क्लबले अंकको खाता खोलेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले रुस्लान थ्रीस्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै अंकको खाता खोलेको हो।
बराबरीको नतिजाले एपीएफ १३ औँ स्थानमा उक्लेको छ। एपीएफ यसअघिका तिनै खेलमा पराजित एपीएफले १ अंक बनाएको हो।
एपीएफसँग अंक बाँडेपछि थ्रीस्टार पाँचौ स्थानमा छ। थ्रीस्टारले ४ खेलबाट ५ अंक जोडेको छ।
एपीएफका मुख्य प्रशिक्षक कुमार थापाले चौथो चरणमा आएर अंकको खाता खोल्नु आफूहरुका लागि सुखद भएको बताए।
अंक गुमाउनुभन्दा १ अंक जोडेका छौँ त्यो नै राम्रो हो। आजको खेलमा टोलीले राम्रो खेल प्रस्तुत गरेको प्रशिक्षक थापाले बताए। आजको खेलमा राम्रो मौका पाएका थियौँ तर सदुपयोग गर्न सकेनौँ।
30
Shares

प्रतिक्रिया