साफ यु १९ वुमन्स च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बगंलादेशसँग बराबरी गर्दै अंक बाँडेको छ।
ढाकास्थित विरश्रेष्ठ शाहिद सिफाही मोस्तफा रंगशालामा शनिबार भएको खेलमा नेपालले घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको हो।
च्याम्पियनसिप अन्तर्गत नेपालले अर्को खेलमा बुधबार श्रीलंकासँग खेल्ने तालिका छ। खेल सोही रगंशालामा दिउँसो ३ बजेपछि हुनेछ।
आजै भएको उद्घाटन खेलमा भुटानले श्रीलंकालाई ५–० को फराकिलो अन्तरले पाखा लगाएको छ। ५ टोली सहभागी च्याम्पिनयसिपको शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि खेल्नेछन्।
45
Shares

प्रतिक्रिया