ad ad

खेल


मछिन्द्र क्लवद्वारा हिमालयन शेर्पा ३-० ले पराजित

मछिन्द्र क्लवद्वारा हिमालयन शेर्पा ३-० ले पराजित

नेपालखबर
मंसिर २५, २०७८ शनिबार २०:४, काठमाडौँ

मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई  कायमै राखेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै  मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको हो। 
मछिन्द्रको जितमा सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगरले गोल गरे।

पहिलो हाफको २९औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १–० ले अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा २ गोल थप्यो। खेलको ६७औं मिनेटमा नुर्लान नोभ्रुजोभले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे। 

दोस्रो हाफमा थप गगरिएको दोस्रो मिनेटमा विमल घर्तिमगरले गोल गर्दै अग्रता फराकिलो पारे। चोटका कारण करिब १ वर्षपछि पुनरागमन गरेका गरेका विमलले जारी लिगमा पहिलो गोल गरे। 

जितसँगै अपराजित रहेको मछिन्द्र १० अंकमा शीर्ष स्थानमा पुगेको छ। मछिन्द्रको जितसँगै मनाङ दोस्रो स्थानमा झरेको छ। समान खेलबाट समान अंक जोडेपनि मनाङ गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा झरेको हो। शेर्पा ११ औँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .