नवप्रवेशी सातदोबाटो युथ क्लवको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
काठमाडौमा जारी कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लव न्युरोड टिम (एनआरटी) सँग १–० ले स्तब्ध भयो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको चौथो चरणको तेस्रो खेलमा एनआरटीले पहिलो जित दर्ता गरेको हो।
एनआरटीको जितमा स्टेफन समिर विनोङले निर्णायक गोल गरे। दोस्रो हाफको १५ सेकेन्डमा नै स्टेफनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। मेसुकेले करण रावतको मिस पासलाई नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए।
लिगमा पहिलो जित निकालेको एनआरटी ४ खेलबाट ५ अंक जोडेर सातौं स्थानमा उक्लेको छ।
खेलपछि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले भने, सुरुको २०,२५ मिनेट दुख भएपनि जित निकाल्न सफल भयौँ। हाम्रो लागि ३ अंक महत्वपुर्ण थियो। खेलमा रणनीति परिवर्तन गर्दा जित निकाल्न सफल भयौँ।
हारपछि सातदोबाटो ४ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा छ। सातदोबाटोका प्रशिक्षक मेघराज केसीले भने, आजको खेलमा सोचे जस्तो प्रदर्शन गर्न सकेनौँ, खेलमा उतारचढाव हुन्छ आज त्यस्तै भयो।
Shares

प्रतिक्रिया