खेल


ए डिभिजन लिगः आज दुई खेल हुँदै

ए डिभिजन लिगः आज दुई खेल हुँदै

नेपालखबर
मंसिर २५, २०७८ शनिबार ७:५५, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार चौथो चरणका दुई खेल हुँदैछन्। दशरथ रंगशालामा हुने शनिबारको पहिलो खेलमा दिउँसो १ बजे सातदोबाटो र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ। 

सातदोबाटोले  लिगको ३ खेलमध्ये २ खेलमा जित र एकमा बराबरीको नतिजा हात पार्दै ७ अंक जोडेको छ भने एनआरटीले समान खेलमा २ बराबरी र एक हारको सामना गर्दै २ अंक हात पारेको छ। 

दोस्रो खेलमा पौने ५ बजे हिमालयन शेर्पा र मच्छिन्द्रबीच प्रतिस्पर्धा हुनेछ। हिमालयन शेर्पाले ३ खेलमा २ बराबरी र १ हारको सामना गर्दै २ अंक हात पारेको छ। मच्छिन्द्रले भने समान खेलमा २ जित र १ बराबरीसहित ७ अंक बटुलेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad