न्यू डायमन्ड स्पाेर्टस् क्लबले आफ्नै इन्डोर हल बनाउने भएको छ। क्लबले १० वर्षका लागि जग्गा लिजमा लिएर इन्डोर हल बनाउन लागेको क्लबका प्रशिक्षक कुमार राईले बताए।
क्लबले दुई रोपनी ८ आना दुई पैसा जग्गामा हल बनाउन लागेको हो। क्लबले १२ महिना नै प्रशिक्षण गर्नका लागि भलिबल कोर्ट, जिम हल, क्यान्टिन, चेन्जिङ रुम, ट्वाइलेट, बाथरुम र आवास निर्माण गर्नेछ।
क्लबको भवन निमार्णका लागि दुई मोडलको डिपीआर तयार भईरहेको क्लबका अध्यक्ष सुनकेशरी मालीले बताइन्।
अध्यक्ष मालीले भनिन्, ‘प्याराफिटसहितको ३ करोड र प्याराफिटरहितको हलको लागत २ करोड गरी दुई मोडलमा डिपीआर तयार भइरहेको छ।’
क्लबमा भलिबल खेल्ने खेल्ने खेलाडीलाई हलमै राख्ने र ४० जनासम्मलाई आवासीय रुपमा राख्ने गरेर प्रशिक्षण दिने योजना क्लबले राखेको छ।
96
Shares

प्रतिक्रिया