कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको त्रिभुवन आर्मी फुटबल क्लव अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको चौथो चरणको दोस्रो खेलमा च्यासल युथ क्लवमाथि २–० को सहज निकाल्दै आर्मी दोस्रो स्थानमा उक्लेको हो। आर्मीले दुवै गोल पहिलो हाफमा हानेको हो।
अंक तालिका
ए डिभिजन लिगको उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लव अंक तालिकाको शीर्ष स्थानमा छ। लिगमा अपराजित रहेको मनाङ ३ खेलमा जित र एक खेलमा बराबरी गर्दै १० अंकमा शीर्ष स्थानमा छ।
लगातार दोस्रो जित निकालेको त्रिभुवन आर्मी फुटबल क्लव दोस्रो स्थानमा उक्लेको छ। २ खेलमा जित र समान खेलमा बराबरी गरेको आर्मी ८ अंकमा दोस्रो स्थानमा छ।
एक खेल कम खेलेको सातदोबाटो युथ क्लव र मच्छिन्द्र क्लवको समान ७ अंक छ। सातदोबाटो तेस्रो स्थानमा रहँदा मछिन्द्र भने चौथो स्थानमा छ।
लिगमा ३ खेल खेलेको हिमालयन शेर्पा क्लव २ अंकमा दशौँ, एनआरटी एघारौँ स्थानमा छ। ४ खेलबाट २ अंक जोडेको फ्रेण्ड्स क्लव १२ औँ स्थानमा छ। लिगमा अंकको खाता खोल्न नसकेको एपीएफ फुटबल क्लव र जावलाखेल युथ क्लव पुछारबाट पहिलो र दोस्रो स्थानमा छ। रेलिगेसनको खतरामा रहेका जावलाखेल र एपीएफलाई बाँकी खेलमा जितको विकल्प छैन। लिगमा यो पटक दुई टोली रेलिगेसनमा पर्नेछन्।
Shares

प्रतिक्रिया