कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले अपराजित यात्रालाई कायम राखेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको चौथो चरणको पहिलो खेलमा मनाङले फ्रेन्ड्स क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो।
मनाङको जितमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले एक एक गोल गरे।
ओलावालेले खेलको ४१औं मिनेटमा हेडर गोल गरे।
७३औं मिनेटमा दिनेश राजवंशीले अग्रता दोब्बर पारे।
फ्रेन्ड्सले गोल गर्ने सुन्दर मौका पाए पनि सदुपयोग गर्न सकेन।
हारसँगै फ्रेन्ड्स ४ खेलबाट २ अंक जोडेर १२औं स्थानमा झरेको छ।
अपराजित रहेको मनाङ ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ।
18
Shares

प्रतिक्रिया